डोल्पामा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

हिमाल प्रेस १६ कार्तिक २०८३ ११:२२ | Monday, November 2, 2026
10
SHARES
डोल्पामा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

सुर्खेत- भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका-८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ।

आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय ६ पर्यटकहरू केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए।

फसेका पर्यटकहरूमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उनले जानकारी दिइन्।

प्रकाशित: १६ कार्तिक २०८३ ११:२२ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast