तृतको अर्धशतकमा पोखरालाई जनकपुरको १४८ रनको लक्ष्य

हिमाल प्रेस १५ कार्तिक २०८३ १८:४६ | Sunday, November 1, 2026
4
SHARES
तृतको अर्धशतकमा पोखरालाई जनकपुरको १४८ रनको लक्ष्य

काठमाडौँ– ओपनर तृतराज दासको अर्धशतकप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरथित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको जनकपुरले पोखराविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।

जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए ।

अभिषेक तिवारीले आक्रामक ब्याटिङ गरे । उनी १० बलमा २४ रनमा अविजित रहे । सैफ हस एक, कप्तान हर्मीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह ९ रनमा आउट भए ।
पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । चमिका करुणारत्ने २, महेदी हसन, र मोहम्मद सैफुद्दिनले एकएक विकेट लिए ।

पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्न चाहन्छ ।

 

 

 

प्रकाशित: १५ कार्तिक २०८३ १८:४६ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast