स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठजना घाइते

हिमाल प्रेस १५ कार्तिक २०८३ १२:२१ | Sunday, November 1, 2026
10
SHARES
स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठजना घाइते

काठमाडौँ– बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठजना घाइते भएका छन् । आइतबार (कात्तिक १५) बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीनजना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । दुईजनालाई भने थप उपचारका निम्ति भारतको लखनऊ रिफर गरिएको छ । जानकी–५ का शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि लखनऊ पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुने अन्यमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव, भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०८३ १२:२१ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast