बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास, के फेरि पानी पर्ला?

हिमाल प्रेस १५ कार्तिक २०८३ ११:३५ | Sunday, November 1, 2026
10
SHARES
बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास, के फेरि पानी पर्ला?

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको छ।

तर अहिलेसम्मको मौसम विश्लेषणअनुसार त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।

यद्यपि नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्ने जनाइएको छ।

आज आइतबार बिहान विभागले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘त्यसैले विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हुेर्नुहुन सर्वसाधारण तथा सरोकारवालाहरूमा अनुरोध छ।’

अर्नब चक्रवात बिदा भएलगत्तै बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको हो।

मौसम महाशाखाले आज बिहान मात्र अर्नब चक्रवातको प्रभाव पूर्ण रूपमा हटेको जानकारी गराएको थियो। जुन चक्रवातको असरले नेपालमा गत बिहीबारदेखि शनिबारसम्म वर्षा-हिमपात गराएको थियो।

प्रकाशित: १५ कार्तिक २०८३ ११:३५ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast