रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

हिमाल प्रेस १३ कार्तिक २०८३ १६:४७ | Friday, October 30, 2026
14
SHARES
रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

बुटवल- नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पत्रकारको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब १२:१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३, भलवारी निवासी अन्दाजी ४० वर्षीय पाेषकान्त पोखरेल भएकाेमा उपचारका क्रममा मृत्यु भएकाे नेपाल प्रहरीले जनाएको छ। जिल्ला अस्पताल परासी पठाइएकोमा दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ निवासी २६ वर्षीय बन्धु राना तथा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १६:४७ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast