सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादी पक्राउ

हिमाल प्रेस १२ कार्तिक २०८३ ८:४८ | Thursday, October 29, 2026
6
SHARES
सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादी पक्राउ

काठमाडौँ– धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरू लागुऔषध, सवारी ज्यान तथा बैंकिङ कसुरलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न धनुषा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये दुई जनालाई लागुऔषध मुद्दामा जनही दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तथा एक जनालाई सवारी ज्यान मुद्दामा दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसैगरी, अर्का एक प्रतिवादीलाई दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तथा बैंकिङ कसुर मुद्दाका एक प्रतिवादीलाई एक महिना कैद र आठ लाख रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी ओमप्रकाश खनालले फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको जनाएका छन् ।

 

प्रकाशित: १२ कार्तिक २०८३ ८:४८ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast