विभिन्न तहमा शिक्षक माग

हिमाल प्रेस १० कार्तिक २०८३ ११:४७ | Tuesday, October 27, 2026
130
SHARES
विभिन्न तहमा शिक्षक माग

काठमाडौँ- सुर्खेतको वीरन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा करार शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले शिक्षक बैंक निर्माण गरी करार शिक्षक नियुक्त गर्ने उद्देश्यले सूचना जारी गरेको हो। शैक्षिक सत्र २०८३/०८४ का लागि शिक्षकको पदपूर्ति गर्न प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा आवेदन माग गरिएको सूचनामा उल्लेख छ।

सूचनाअनुसार प्राथमिक तहमा एकीकृत विषयका लागि २० जना शिक्षक आवश्यक छन्। निम्न माध्यमिक तहमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा प्रत्येक विषयका लागि १०/१० जना शिक्षक माग गरिएको छ।

त्यस्तै, माध्यमिक तह (कक्षा ९-१२) मा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषयका लागि प्रत्येक विषयमा ५/५ जना शिक्षक आवश्यक रहेको जनाइएको छ।

प्राथमिक तहका लागि दरखास्त दस्तुर ५०० रुपैयाँ, निम्न माध्यमिक तहका लागि ७०० रुपैयाँ र माध्यमिक तहका लागि १ हजार रुपैयाँ तोकिएको छ।

आवेदन दिन इच्छुक नेपाली नागरिकले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। पासपोर्ट साइजका दुईवटा फोटो, हस्तलिखित सक्कल निवेदन र नगरपालिकाको राजस्व शाखामा दरखास्त दस्तुर बुझाएको रसिदसमेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।

नगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १० बमोजिम शिक्षक पदका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको जनाएको छ।

दरखास्त दिने अन्तिम मिति, परीक्षा मिति तथा आवेदन बुझाउने विस्तृत प्रक्रियाबारे थप जानकारीका लागि नगरपालिकाको आधिकारिक सूचनामा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित: १० कार्तिक २०८३ ११:४७ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast