एनपीएललाई प्रधानमन्त्रीको शुभकामना, ‘नेपाली क्रिकेटको जय होस्’

हिमाल प्रेस ९ कार्तिक २०८३ ८:०८ | Monday, October 26, 2026
10
SHARES
एनपीएललाई प्रधानमन्त्रीको शुभकामना, ‘नेपाली क्रिकेटको जय होस्’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लाग्दा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले सोमबार बिहान सामाजिक सञ्जालमा सन्देश लेख्दै एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा चित्रण गरेका छन्। केही वर्षकै अवधिमा यो प्रतियोगिता भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उनको भनाइ छ।

उनले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।

‘नेपाली क्रिकेटको जय होस्’ भन्दै उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रति शुभेच्छा व्यक्त गरेका छन्।

एनपीएल सोमबारदेखि काठमाडौंको त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदै छ। प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता प्रदर्शन र अन्तर्राष्ट्रियस्तरमा नेपालको क्रिकेट पहिचान विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ ८:०८ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast