काठमाडौँ– चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जीप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १४:५० बजेको समयमा कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जीप अचानक अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भण्डारा अस्पताल पठाइएको थियो।
दुर्घटनामा घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८३ २१:१७ | Sunday, October 25, 2026
प्रतिक्रिया



