साकिब अल हसन एनपीएल खेल्न नेपाल आइपुगे

हिमाल प्रेस ८ कार्तिक २०८३ २१:१२ | Sunday, October 25, 2026
8
SHARES
साकिब अल हसन एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन खेल्न बंगलादेशी अलराउन्ड साकिब अल हसन आइतबार नेपाल आइपुगेका छन्।

विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने हसन पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हसनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विश्वका विभिन्न लिगको अनुभव लिइसकेका हसनको आगमनले पोखरा बलियो बनेको छ ।

पोखराले उनीसँगै बंगलादेशकै महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंका धनन्जय लक्षमण र चामिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।

पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो । विवेक रानामगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरेको छ ।

यसपटक पोखराले श्रीलंकाका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

प्रकाशित: ८ कार्तिक २०८३ २१:१२ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast