विद्यालय कर्मचारी परिषद्को महाधिवेशन दाङमा हुँदै

हिमाल प्रेस ८ कार्तिक २०८३ १२:२८ | Sunday, October 25, 2026
254
SHARES
विद्यालय कर्मचारी परिषद्को महाधिवेशन दाङमा हुँदै विद्यालय कर्मचारी । फाइल तस्बिर ।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समिति काठमाडौँको आयोजनामा सातौँ राष्ट्रिय महाधिवेशन हुने भएको छ।

सामुदायिक विद्यालयका कर्मचारीहरूबीच एकता कायम गर्दै उनीहरूको हकहित र अधिकारका विषयलाई थप प्रभावकारी बनाउने उद्देश्यले महाधिवेशन आयोजना गर्न लागिएको हो।

महाधिवेशन यही कात्तिक १४ र १५ गते आयोजना हुनेछ। महाधिवेशन दाङको घोराहीमा हुने परिषद्ले जनाएको छ।

महाधिवेशनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

‘सामुदायिक विद्यालयका कर्मचारीहरू एक हौँ’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको यस महाधिवेशनले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको एकता, पेसागत हकहित तथा अधिकारका सवालमा छलफल गर्ने अवसर प्रदान गर्ने परिषद्को भनाइ छ।

प्रकाशित: ८ कार्तिक २०८३ १२:२८ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast