स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला

हिमाल प्रेस ८ कार्तिक २०८३ ७:३४ | Sunday, October 25, 2026
8
SHARES
स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ ।

कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीले घटनास्थलमा शव जाँच, मुचुल्कालगायतका आवश्यक प्रक्रिया पूरा गरी शव वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।

प्रकाशित: ८ कार्तिक २०८३ ७:३४ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast