यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक ठोक्किँदा १२ घाइते

हिमाल प्रेस ७ कार्तिक २०८३ १९:२७ | Saturday, October 24, 2026
12
SHARES
यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक ठोक्किँदा १२ घाइते

काठमाडौँ– सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी गाडी विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएकोमा गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल, बारामा पठाइएको छ।

घाइतेहरूको विवरणः
१. जिल्ला बारा, महागढीमाई नगरपालिका–६ बस्ने ईभी चालक वर्ष ४१ का कामेश्वर सहनी- मध्यम।
२. जिल्ला बारा, महागढीमाई नगरपालिका–९ बस्ने वर्ष ४८ का राजेन्द्र राम – सामान्य।
३. जिल्ला बारा, सुवर्ण गाउँपालिका–४ बस्ने वर्ष ३७ का रञ्जित राम -गम्भीर।
४. जिल्ला बारा, सुवर्ण गाउँपालिका–४ बस्ने वर्ष ४५ का भवन राम -मध्यम।
५. जिल्ला बारा, सुवर्ण गाउँपालिका–४ बस्ने वर्ष ४० का राजदेव राम- सामान्य।
६. जिल्ला बारा, सुवर्ण गाउँपालिका–४ बस्ने वर्ष ४० का विनोद राम – सामान्य।
७. जिल्ला बारा, सुवर्ण गाउँपालिका–४ बस्ने वर्ष ४७ का रुदल राम- सामान्य।
८. जिल्ला बारा, सुवर्ण गाउँपालिका–७ बस्ने वर्ष ६३ का हरिहर राम – सामान्य।
९. जिल्ला बारा, कलैया उपमहानगरपालिका–२६ बस्ने वर्ष ३७ का नन्दन राम- सामान्य।
१०. जिल्ला बारा, कलैया उपमहानगरपालिका–२६ बस्ने वर्ष ३७ का उमेश राम- मध्यम।
११. जिल्ला बारा, पचरौता नगरपालिका–७ बस्ने वर्ष ५५ का रामसन्देय राम- सामान्य।
१२. जिल्ला बारा, सिम्रौनगढ गाउँपालिका–४ बस्ने वर्ष ४० का नवलकिशोर राम- सामान्य रहेको छ ।
ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोक बस्ने वर्ष अन्दाजी ३५ का विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

दुर्घटनापछि दुवै सवारीसाधन प्रहरी चौकी फूलजोरतर्फ ल्याउने पहल भइरहेको र सडक अवरोध नभएको प्रहरीको भनाई छ।

 

प्रकाशित: ७ कार्तिक २०८३ १९:२७ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast