दैलेखमा हेल्मेट प्रहारबाट एक युवक घाइते, चारजना पक्राउ

हिमाल प्रेस ७ कार्तिक २०८३ १८:३८ | Saturday, October 24, 2026
8
SHARES
दैलेखमा हेल्मेट प्रहारबाट एक युवक घाइते, चारजना पक्राउ

सुर्खेत– दैलेख सदरमुकाममा युवाहरूबीच भएको झडपमा हेल्मेट प्रहारबाट शनिवार एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार विकका अनुसार सदरमुकामस्थित एक रेस्टुरेन्टमा खाजा खाने क्रममा सुरु भएको आपसी विवाद उग्र बनेपछि देवकोटा चोकमा झडप भएको थियो।

सो क्रममा हेल्मेट प्रहारबाट दुल्लू नगरपालिका–११, तोरायाँका २० वर्षीय खगेन्द्र थापा घाइते भएका हुन्। घाइते थापाको टाउको र आँखाको माथिपट्टीको भागमा गम्भीर चोट लागेका कारण थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत कालागाउँ रिफर गरिएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएका कर्णाली प्रदेश ००३ प ७०९० र कर्णाली प्रदेश ०२००२ प ६१६१ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र नियन्त्रणमा रहेका युवाहरूको अहिले मुचुल्का तयार भइरहेकाले केही समयपछि पहिचानसहित जानकारी दिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १८:३८ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast