यी स्थानमा आज हल्का वर्षाको सम्भावना

हिमाल प्रेस ६ कार्तिक २०८३ ६:५२ | Friday, October 23, 2026
8
SHARES
यी स्थानमा आज हल्का वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

 

प्रकाशित: ६ कार्तिक २०८३ ६:५२ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast