अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत

हिमाल प्रेस ५ कार्तिक २०८३ ९:३७ | Thursday, October 22, 2026
16
SHARES
अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत फाइल तस्बिर।

काठमाडौँ– अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत देखिएको मौसमविदले बताएका छन् ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको हो । मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखाएका छन्।

चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र फेसबुकमा सार्वजनिक गर्दै उनले केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको बताएका छन् ।

उनका अनुसार विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन् । त्यसैले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ । आगामी दिनमा मौसम पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्ने उनले बताएका छन् ।

प्रकाशित: ५ कार्तिक २०८३ ९:३७ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast