बिर्तामोडको एक ग्यारेजको क्यान्टिनमा आगलागी

हिमाल प्रेस ५ कार्तिक २०८३ ९:१९ | Thursday, October 22, 2026
8
SHARES
बिर्तामोडको एक ग्यारेजको क्यान्टिनमा आगलागी

काठमाडौँ– झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ।

​इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको बडी ग्यारेज (ठुला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।

बिर्तामोड नगरपालिका-२ रामचौकस्थित ध्रुव भट्टराईको जग्गामा राजवंशीले सञ्चालन गरेकाे टिनको छानो भएको भवनमा बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

​आगलागीबाट क्यान्टिनमा काम गर्दै आएका झापाकै गौरीगन्ज गाउँपालिका-२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव जलेको अवस्थामा फेला परेकाे हाे। ​

प्रकाशित: ५ कार्तिक २०८३ ९:१९ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast