नेपालमा कमिशनखोर र विदेशी दलालहरूको कमी भएन : झलनाथ खनाल

हिमाल प्रेस २८ माघ २०७९ १५:४० | Saturday, February 11, 2023
नेपालमा कमिशनखोर र विदेशी दलालहरूको कमी भएन : झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मनित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको जिकिर गरेका छन्। पार्टीले शनिबार काठमाडौँमा आयोजना गरेको जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसनखोरहरू, भ्रष्टाचारी, मुनाफाखोरी र विदेशीका दलालहरू रहेको उनको भनाइ छ। यस्ता व्यक्ति नेपालीहरूका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूले गर्ने राजनीतिले देशको विनाश हुने उनको तर्क छ।

जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्न उनले जनतालाई आग्रह गरे।

‘अहिले हामीसँग दलाल पुँजीपतिहरू छन्, शोषकहरू छन्, कमिसन खोरहरू छन्, भ्रष्टाचारीहरू छन्, मुनाफा खोरीहरू छन्। विदेशीहरूका दलालहरू छन्। यी हाम्र शत्रुहरू हुन्। यिनीहरूले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्,’ उनले भने, ‘यस्ता व्यक्तिहरूका कार्यको विरोध र भण्डाफोर गर्न म सबैलाई आग्रह गर्छ।’

समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाए मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने उनले बताए।

प्रकाशित: २८ माघ २०७९ १५:४० | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast