५ वर्षमा विदेश जाने नेपालीसँगै आठ खर्ब ६४ अर्ब पाँच करोड ४० लाख बाहिरियो

हिमाल प्रेस १ कार्तिक २०८३ ९:४६ | Sunday, October 18, 2026
8
SHARES
५ वर्षमा विदेश जाने नेपालीसँगै आठ खर्ब ६४ अर्ब पाँच करोड ४० लाख बाहिरियो

काठमाडौँ– पछिल्लो पाँच वर्षमा विदेश जाने नेपालीसँगै आठ खर्ब ६४ अर्ब पाँच करोड ४० लाख रुपैयाँ नेपालबाट बाहिरिएको छ ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ को अवधिमा बाहिरिएको हो।

यो रकम नेपालीहरू विभिन्न उदेश्यले विदेश जाँदा सँगै बाहिरिएको हो । बाहिरिने रकमको ठूलो हिस्सा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले लैजाने गरेका छन् ।

पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा कम रकम आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ३२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, सबैभन्दा बढी रकम आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब २३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ देशबाट बाहिरिएको छ ।

अर्थको विवरणअनुसार विदेश जाने नेपालीसँगै आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, २०७९/८० मा एक खर्ब ४४ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै, २०८०/८१ मा एक खर्ब ८९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ, २०८१/८२ मा दुई खर्ब २३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ र २०८२/८३ मा दुई खर्ब ९ अर्ब १० करोड रुपैयाँ बाहिरिएको छ ।

प्रकाशित: १ कार्तिक २०८३ ९:४६ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast