कांग्रेस सभापति गगन थापाको शपथग्रहण आज

हिमाल प्रेस ३१ असोज २०८३ ८:५२ | Saturday, October 17, 2026
10
SHARES
कांग्रेस सभापति गगन थापाको शपथग्रहण आज

ललितपुर- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली शनिबार हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ।

कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो। शपथ ग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गर्ने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको महाधिवेशनबाट दुई सय ३१ सदस्यीय समिति निर्वाचित भएको छ।

प्रकाशित: ३१ असोज २०८३ ८:५२ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast