काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलम सरवारले राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन्।
महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन्।
उनी बंगलादेशका कूटनीतिज्ञ हुन्।
प्रकाशित: ३० असोज २०८३ १९:३० | Friday, October 16, 2026
प्रतिक्रिया




