कांग्रेस महामन्त्रीमा उदयशमशेर, लामो समयपछि पदाधिकारीमा राणा परिवार

हिमाल प्रेस २९ असोज २०८३ १५:०५ | Thursday, October 15, 2026
6
SHARES
कांग्रेस महामन्त्रीमा उदयशमशेर, लामो समयपछि पदाधिकारीमा राणा परिवार उदयशमशेर जबरा

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी तहमा लामो समयपछि राणा परिवारको प्रतिनिधित्व भएको छ। १५औँ महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदयशमशेर जबरा निर्वाचित भएपछि पार्टीको पदाधिकारी तहमा राणा परिवारको प्रतिनिधित्व भएको हो।

यसअघि २०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा गणेशमान सिंहलाई पराजित गर्दै सुवर्णशमशेर जबरा सभापतिमा निर्वाचित भएका थिए। त्यही महाधिवेशनबाट कांग्रेसले विधिवत् रूपमा समाजवादी विचारधारा अँगालेको इतिहास छ।

इतिहासका अध्येता सन्तोष खडेरीका अनुसार उदयशमशेर राणा परिवारको उत्तराधिकारको क्रमसँग जोडिएका छन्। उनका अनुसार उदय श्री ३ महाराज चन्द्रशमशेरका खनाति हुन्। महाराज चन्द्रशमशेर जबराका छोरा मिनिस्टर बबरशमशेर जबरा, बबरशमशेरका छोरा जनरल मृगेन्द्रशमशेर जबरा र मृगेन्द्रशमशेरका छोरा सागरशमशेर जबरा हुन्। सागरशमशेरका दुई छोरामध्ये जेठा उपेन्द्रशमशेर र कान्छा उदयशमशेर हुन्।

खडेरीका अनुसार नेपालमा राणा शासन कायम रहेको भए उत्तराधिकारको यही क्रमअनुसार सागरशमशेर श्री ३ महाराज बन्ने थिए। अहिले भने राणा परिवारका उदयशमशेर नेपाली कांग्रेसको महामन्त्री बनेका छन्।

प्रकाशित: २९ असोज २०८३ १५:०५ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast