विपद्पछिको एक महिनामै त्रिशूलीमा बन्यो २६८ मिटर लामो झोलुंगे पुल

हिमाल प्रेस २९ असोज २०८३ १०:४१ | Thursday, October 15, 2026
8
SHARES
विपद्पछिको एक महिनामै त्रिशूलीमा बन्यो २६८ मिटर लामो झोलुंगे पुल

काठमाडौँ- विपद्पछिको जनजीवनलाई सहज बनाउन नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटस्थित त्रिशूली नदीमाथि एक महिनाकै छोटो अवधिमा २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।

नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई प्रत्यक्ष रूपमा जोड्ने उक्त पुल गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको थियो । उक्त स्थानको झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । विपद्का कारण प्रभावित बनेका नागरिकको आवतजावतलाई सहज बनाउन र तत्काल राहत पुर्‍याउने उद्देश्यले महासंघले आफ्नै कोषबाट यो पुल निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा निर्माण व्यवसायी संघ, नुवाकोटको दिनरातको अथक मेहनत र सक्रियताका कारण यति छोटो समयमै यो पूर्वाधार निर्माण सम्भव भएको हो। ढुङ्गेमा निर्माण भएको यस पुल सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ठूलो जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने र विपद्पछिको जनजीवन सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

यस कार्यलाई केवल एउटा भौतिक पूर्वाधार निर्माणका रूपमा मात्र नभई विपद्को समयमा निर्माण व्यवसायीहरूले प्रस्तुत गरेको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ। संकटको घडीमा निर्माण व्यवसायीहरू समाजको साथमा उभिने जिम्मेवार साझेदार हुन् भन्ने कुरा यो कार्यले प्रमाणित गरेको सरोकारवालाहरू बताउँछन्।

यस उदाहरणीय कार्यलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष रामजी पन्त ुमुकेशु र निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्र प्याकुरेललगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उच्च मूल्यांकन गरिएको छ।

त्यसैगरी, पुल निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने ललितपुर पुल्चोकस्थित सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट र विदुर नगरपालिका लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै पक्षप्रति निर्माण व्यवसायी संघले हार्दिक आभार प्रकट गरेको छ।

प्रकाशित: २९ असोज २०८३ १०:४१ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast