१० देशका राजदूतको नाम अनुमोदन

हिमाल प्रेस २८ असोज २०८३ १९:५१ | Wednesday, October 14, 2026
8
SHARES
१० देशका राजदूतको नाम अनुमोदन

काठमाडौँ- संसदीय सुनुवाई समितिले विभिन्न १३ देशमध्ये १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।

बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरवशमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

साथै बैठकले इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण, ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत प्रा. डा. संगम श्रेष्ठ, स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्‍ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चलाकुमारी झाको नाम अनुमोदन गरिएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।

बैठकले साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतले अस्वीकृत गरेको छ।

प्रकाशित: २८ असोज २०८३ १९:५१ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast