काठमाडौँ- हुँकार मधेशले विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ।
विभिन्न दलमा आवद्ध रहेका नेताहरूले मधेसमा छुट्टै अभियान चलाउन असोज ९ गते हुंकार मधेशको घोषणा गरेका थिए। उनीहरूले पहिलो चरणमा २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकिएको केन्द्रीय प्रवक्ता केशवकुमार झाले जानकारी दिए।
प्रवक्ता झाका अनुसार प्रमुख हुनको लागि कम्तीमा स्नातक उतीर्ण हुनुपर्ने र विभागीय विज्ञ हुनुपर्ने प्रावधान राखिएको थियो। सोही अनुरुप सबै योग्य व्यक्तिलाई जिम्मेवारी दिइएको उनको भनाइ छ।
अब प्रमुखहरूलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका बनाई पेश गर्न निर्देशन दिइएको छ। हुंकार मधेशले दशैं लगतै झापादेखि कञ्चनपुरसम्म हुलाकी यात्रा सुरु गर्दै छ।
हुँकार मधेसले सम्वाद तथा समन्वय विभागमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभागमा केशव कुमार, संगठन विभागमा कौशलेन्द्र कौशल, कानुन तथा न्याय विभागमा रत्नेश्वर सनातनी, आइटी तथा कार्य मूल्यांकन विभागमा रोशन कुमार, बौद्धिक तथा पेशाकर्मी विभागमा डा। एनएन भारद्वाज र आर्थिक विभागमा सचिदानन्द यादव प्रमुख तोकिएका छन्।
त्यस्तै, अनुशासन विभागमा राजाराम यादव, प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानव, सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागमा कृष्ण कुमार, स्वंयसेवी सुरक्षा दस्ता विभागमा उमेश सिंह, युवा तथा विद्यार्थी विभागमा पंकज आनन्द, वैदेशिक रोजगार विभागमा मनिष कुमार र सूचना तथा संचार विभागमा पुष्पा प्रियाले जिम्मेवारी पाएका छन्।
यसैगरी, संघीय मामिला विभागमा मधुमाया यादव, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहीन समस्या समाधान विभागमा अंगद यादव, कृषि विकास तथा अनुसन्धान विभागमा राम किशुन नायक, विज्ञान तथा प्रविधि विभागमा प्रा। विजय महासेठ र शहीद तथा घाइते व्यवस्थापन विभागमा मो। युसुफ साफीलाई विभागीय प्रमुख तोकिएको छ।




