कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

हिमाल प्रेस २७ असोज २०८३ १९:१७ | Tuesday, October 13, 2026
12
SHARES
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन्।

महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन्।

गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। गैतम नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै पार्टी राजनीतिमा आएकी हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो।

महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी रहँदा विभिन्न पदको परिणाम सार्वजनिक भइरहेको छ।

प्रकाशित: २७ असोज २०८३ १९:१७ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast