हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु

हिमाल प्रेस २७ असोज २०८३ १६:१२ | Tuesday, October 13, 2026
10
SHARES
हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु

काठमाडौँ- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको बताएका छन्।

मन्त्री लम्सालले मंगलबार सामाजिक सञ्जालमार्फत पहिलो चरणमा अपिनाम्पा-सैपाल-बडीमालिका र नुम-पाथीभरा सडक खण्डको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको जानकारी दिएका हुन्।

उनले भनेका छन्,‘पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणको दिशामा सम्भाव्यता अध्ययनको काम सुरु गरेका छौँ। पहिलो चरणमा अपिनाम्पा-सैपाल-बडीमालिका (१०५ किमि) र नुम-पाथीभरा (४५ किमि) सडक खण्डको सम्भाव्यता अध्ययनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।’

सम्झौताअनुसार नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको अध्ययन गरी आधार तयार गर्नेछ। सोही अध्ययन प्रतिवेदनका आधारमा बडीमालिका, पाथीभरा लगायतका पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइने मन्त्री लम्सालले बताएका छन्।

उनले हिमाली पर्यटकीय राजमार्गलाई हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाइएको पनि उल्लेख गरेका छन्। ‘हाम्रा हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नवीन कार्यक्रमको रूपमा अघि बढाएका छौँ,’उनले भनेका छन्।

प्रकाशित: २७ असोज २०८३ १६:१२ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast