कांग्रेस महाधिवेशन : प्रदीप पौडेल महामन्त्रीमा दोहोरिँदा हारे गुरु घिमिरे

हिमाल प्रेस २६ असोज २०८३ ७:२९ | Monday, October 12, 2026
40
SHARES
कांग्रेस महाधिवेशन : प्रदीप पौडेल महामन्त्रीमा दोहोरिँदा हारे गुरु घिमिरे

काठमाडौँ- गएको वर्ष नेपाली कांग्रेसमा विशेष महाधिवेशनको बहसको थालनी गर्ने गुरु घिमिरे १५ औँ महाधिवेशनमा पराजित भएका छन्।

कांग्रेसको दुई खुला महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे पराजित बनेका हुन्। विगतमा डा. शेखर कोइराला निकट मानिने घिमिरेले गत वर्षको जेनजी आन्दोलनपछि विशेष महाधिवेशनको बहस चलाएका थिए। त्यही बहसलाई अघि बढाउन गगन थापा र विश्वप्रकाश शर्मा तयार भए। सोही बेला उनी पनि गगन प्यानलमा पुगे र महामन्त्री बने। अहिले उनै घिमिरे पराजित बनेका छन्।

कांग्रेसमा विशेष महाधिवेशनबाट आएका अधिकांश पदाधिकारी दोहोरिँदा घिमिरे भने पराजित बने। उनी मोरङबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए। यसपटक मोरङबाट महामन्त्रीका दुई उम्मेदवार भएकाले पनि पराजित भएको नेताहरू बताउँछन्। गुरुसँगै डा.सनिल शर्मा पनि महामन्त्री लडेका थिए। तर दुवै पराजित भए। हामन्त्रीमा विजयी बनेका नेता द्वय प्रदीप पौडेल र उदय शमशेर राणाको क्रमश ४ हजार १९४ र २ हजार ३३० मत छ।

अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ ल्याउँदा उपाध्यायले १०० मत पनि कटाएनन्। उनी पराजित हुँदा भने का‌ग्रेस नेताहरू असन्तुष्ट समेत छन्। का‌ग्रेस इलामका नेता टीकाराम पुरी घिमिरे पराजित हुँदा चित्त दुखेको बताउँछन्। घिमिरे कांग्रेसमा निष्ठावान नेता मानिन्थे।

प्रकाशित: २६ असोज २०८३ ७:२९ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast