कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता

हिमाल प्रेस २६ असोज २०८३ ६:५८ | Monday, October 12, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्।

कुल १६८९ मत गणना सकिँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मत ल्याएर दोस्रो स्थानमा पछ्याइरहेका छन्।

डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन् भने देवेन्द्र राज कडेलले ३३४ मत ल्याएका छन्। अन्य उम्मेदवारहरूमा विकास कोइरालाले २८४ मत, रमेश प्रसाद धमलाले २०५ मत र अमृत कुमार अर्यालले १७६ मत प्राप्त गरेका छन्। मतगणनाको पछिल्लो परिणाम अनुसार विमलराज क्षेत्रीले ६१ मत ल्याएका छन्।

सहमहामन्त्रीका दुई पदका लागि मतगणना कार्य जारी रहेको छ।

प्रकाशित: २६ असोज २०८३ ६:५८ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast