दसैँमा घर जाने यात्रुका लागि निःशुल्क स्वास्थ्य परीक्षण

हिमाल प्रेस २३ असोज २०८३ १३:१८ | Friday, October 9, 2026
12
SHARES
दसैँमा घर जाने यात्रुका लागि निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ- दसैँका अवसरमा उपत्यकाबाहिर जाने यात्रुको सहजता र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार यात्रुलाई आवश्यक सहजीकरण गर्न यात्रु सहायता कक्षसमेत सञ्चालन गरिएको छ। यात्रुहरूको स्वास्थ्य परीक्षण गरी यात्रा सुरक्षित र सहज बनाउन शिविर सञ्चालन गरिएको उनले बताए।

शिविरमा स्वास्थ्य परीक्षणका क्रममा कुनै समस्या देखिएका यात्रुलाई निःशुल्क औषधि वितरण गर्ने व्यवस्था पनि मिलाइएको जोशीले जानकारी दिए।

प्रकाशित: २३ असोज २०८३ १३:१८ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast