बालविकास सहजकर्तालाई असोजसम्मको मात्रै तलबभत्ता भुक्तानी गरिने

हिमाल प्रेस २२ असोज २०८३ १५:०९ | Thursday, October 8, 2026
1.7k
SHARES
बालविकास सहजकर्तालाई असोजसम्मको मात्रै तलबभत्ता भुक्तानी गरिने बालविकास सहजकर्ताहरू तालिममा। फाइल तस्बिर

अछाम- अछामको कमलबजार नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षक तथा बालविकास सहजकर्ताहरूलाई असोज मसान्तसम्मको तलबभत्ता भुक्तानी गर्ने भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लवराज जोशीद्वारा हस्ताक्षरित सूचना अनुसार सामुदायिक विद्यालयहरूमा नगर अनुदानमा कार्यरत शिक्षक र बालविकास सहजकर्ताहरूको गत आर्थिक वर्षको छुट भएको तलबभत्ता रकमका साथै चालु आर्थिक वर्ष २०८३/०८४ को असोज मसान्तसम्मको रकम भुक्तानी गरिनेछ।

तर, नगरपालिकाले आगामी दिनका लागि भने शिक्षक तथा बालविकास सहजकर्ताहरूको तलबभत्ता रकमका लागि स्रोत उपलब्ध नभएको बताएको छ।

यसले गर्दा आगामी दिनमा नगर अनुदानमा कार्यरत शिक्षक तथा बालविकास सहजकर्ताहरूको सेवा र सेवासुविधाबारे अन्योल भएको छ।

नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू तथा नगर अनुदानमा कार्यरत शिक्षक र बालविकास सहजकर्ताहरूलाई पत्रमार्फत यससम्बन्धी जानकारी गराएको छ।

प्रकाशित: २२ असोज २०८३ १५:०९ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast