फाइल तस्बिर। हिमाल प्रेस
काठमाडौँ- कास्कीमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन भएको छ । यसलाई भारी वर्षा भएको मानिन्छ। कास्कीकै पोखरा स्टेशनमा ४७.४ मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार काठमाडौं, ललितपुर, चितवन, काभ्रेसहित देशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। आज पनि केही स्थानहरुमा भारीदेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ। १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।
प्रकाशित: २१ असोज २०८३ ८:२४ | Wednesday, October 7, 2026
प्रतिक्रिया



