काठमाडौँ- जाजरकोट जिल्लामा पछिल्लो ६ घण्टाको अवधिमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ । जाजरकोटस्थित मौसम मापन केन्द्रका अनुसार उक्त अवधिमा परेको यो पानी ‘धेरै भारी वर्षा’ हो, जुन पछिल्लो ६ घण्टामा देशभरमै मापन गरिएको सबैभन्दा धेरै वर्षा हो ।
हाल लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । वर्षा भइरहेका ती स्थानहरू तथा आसपासका क्षेत्रहरूमा अझै थप वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
प्रकाशित: २० असोज २०८३ ६:३३ | Tuesday, October 6, 2026
प्रतिक्रिया



