सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय गरिनेछ : जनार्दन शर्मा

हिमाल प्रेस २७ माघ २०७९ १८:१९ | Friday, February 10, 2023
सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय गरिनेछ : जनार्दन शर्मा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताएका छन्।  शुक्रबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको बताएका हुन्।

राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र गठबन्धनबाटै सहमति खोजिने उनको भनाइ छ। उनले अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दाबी गरे।  यता माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले भने भविष्यमा हुने दुर्घटना रोक्नका लागि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना बढि रहेको बताए।

सामाजिक सेवामा काम गरेको, मुलुक प्रति प्रतिबद्ध हुनेलाई राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरू एक ठाउँमा आउनका लागि छलफल चलिरहेको पनि बताए।

प्रकाशित: २७ माघ २०७९ १८:१९ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast