महामन्त्री पदमा उम्मेदवारी दिने डिला संग्रौलाको घोषणा

हिमाल प्रेस १९ असोज २०८३ १५:३७ | Monday, October 5, 2026
महामन्त्री पदमा उम्मेदवारी दिने डिला संग्रौलाको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

सोमबार महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेकी हुन्।

आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन्। विद्यार्थी राजनीतिदेखि सुरु गरी २०३६ को जनमत संग्रह, २०४६ को परिवर्तन र २०६२/६३ को जनान्दोलनमा सहभागी भएको लामो अनुभव रहेको भन्दै उनले आफ्नो अनुभवले युवा पुस्ता र पुराना पुस्तालाई जोड्दै सन्तुलित रूपमा अगाडि बढ्न मद्दत पुर्‍याउने धारणा राखिन्।

गगनकुमार थापाको नेतृत्वमा भइरहेको पार्टीको रूपान्तरण अभियानमा सह-महामन्त्रीका रूपमा पहिले पनि काम गरिसकेको र यसलाई अझ सुदृढ बनाउन थप क्रियाशिल हुने उनको भनाइ छ।

प्रकाशित: १९ असोज २०८३ १५:३७ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast