काठमाडौँ- मनाङको चामेबाट माथिल्लो मनाङ जाने सडकखण्डअन्तर्गत ठाडो खोलामा बाढीले पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सुचारु गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँगको सहकार्यमा बाढीले पुल बगाएको स्थानमा अस्थायी पुल निर्माण गरेको हो।
अस्थायी पुल निर्माण भएपछि चामेबाट माथिल्लो मनाङतर्फ हुने आवागमन पुनः सञ्चालनमा आएको सेनाले जनाएको छ। बाढीका कारण पुल बगाउँदा उक्त सडकखण्डमा आवागमन प्रभावित भएको थियो।
स्थानीय सुरक्षा निकाय तथा बासिन्दासँगको समन्वयमा सेनाले तत्काल अस्थायी संरचना निर्माण गरेर बाटो खुलाएको हो।
प्रकाशित: १९ असोज २०८३ १४:११ | Monday, October 5, 2026
प्रतिक्रिया



