ठूला दलहरू वैकल्पिक शक्ति सिध्याउन लागिपरेका छन् : सीके राउत

हिमाल प्रेस २७ माघ २०७९ १७:४६ | Friday, February 10, 2023
ठूला दलहरू वैकल्पिक शक्ति सिध्याउन लागिपरेका छन् : सीके राउत डा.सीके राउत।

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपालका स्थापित दलहरू वैकल्पिक शक्तिलाई सिध्याउन लागिपरेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वैकल्पिक शक्तिको एजेन्डा बोकेका दलहरूलाई स्थापित दलहरूलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको उनले जिकिर गरे।

नयाँ शक्तिको एजेन्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदन होइन सडकलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले राजनीतिक पार्टीको रूपमा दर्ता हुँदैमा सत्तामा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउन नहुने बताए।

वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर क्रान्तिको विजारोपण गर्न सकेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सकिने उनले तर्क गरे।

‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो। त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ। राजनीतिक पार्टीको रूपमा दर्ता भयौं भन्दैमा सरकारमा जान प्राथमिकता दिनु हुँदैन। सडक संघर्षबाटै हामी अघि बढ्नुपर्छ,’ राउतले भने, ‘नयाँ वैकल्पिक दलहरूले जनतालाई रोजगारी दिएर, देशमा सुशासन कायम गर्न अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ।’

प्रकाशित: २७ माघ २०७९ १७:४६ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast