कांग्रेस महाधिवेशन : मंगलबार मनोनयन, बिहीबार मतदान

हिमाल प्रेस १९ असोज २०८३ ७:३५ | Monday, October 5, 2026
कांग्रेस महाधिवेशन : मंगलबार मनोनयन, बिहीबार मतदान

काठमाडौंँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ ।

मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ ।

मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ । मतदान बिहीबार बिहानदेखि हुनेछ ।

प्रकाशित: १९ असोज २०८३ ७:३५ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast