‘महाधिवेशन उद्घाटन गर्न शेरबहादुर देउवालाई निम्तो पठाइसकेका छौँ’

हिमाल प्रेस १५ असोज २०८३ १८:३२ | Thursday, October 1, 2026
‘महाधिवेशन उद्घाटन गर्न शेरबहादुर देउवालाई निम्तो पठाइसकेका छौँ’

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा प्रवक्ता चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरु समेत आउने क्रम सुुरु भएको जानकारी दिए।

उनले पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए।

उनले अधिकांश नेताहरु महाधिवेशनमा सहभागी हुने र केही निजी आकांक्षा राख्नेहरु बाहिर रहने धारणा राखे। नवीन ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिँदै उनले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि आह्वान गरिसकिएको जानकारी दिए।

साथै उनले आगामी महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

प्रकाशित: १५ असोज २०८३ १८:३२ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast