राज्यस्रोतमाथि जनतालाई अधिकार नदिएसम्म देश विकास हुँदैन : डा भट्टराई

हिमाल प्रेस २७ माघ २०७९ १५:३७ | Friday, February 10, 2023
राज्यस्रोतमाथि जनतालाई अधिकार नदिएसम्म देश विकास हुँदैन : डा भट्टराई

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन्। विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन-०७९ मा बोल्दै उनले यस्तो बताएका हुन्।

इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने उनको भनाइ छ।

‘सीमित जाति र परिवारले मात्र जबसम्म शासन गर्छन्, त्यतिबेलासम्म देश विकास पनि हुँदैन। जनताले न्याय पनि पाउँदैनन्। सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ,’ उनले भने, ‘जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी सहिद बने। सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए, त्यसलाई म एउटा बिन्दु मान्दछु।’

राज्यका स्रोत साधनमाथि जनताको सहभागिता र अधिकार सम्पन्न बनाएपछि मात्रै देश विकास हुन्छ भन्ने मान्यताअनुसार आफूले राजनीति गरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बताए।

प्रकाशित: २७ माघ २०७९ १५:३७ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast