काठमाडौँ- सिरहाबाट सशस्त्र प्रहरी बलले ११०० किलो गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ।
गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका १० विश्वकर्मा चोक गागन खोला पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। गएराति करिब १ बजे सिरहा जिल्लाको सुखीपुर नगरपालिका १० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा नियन्त्रणमा लिएको हो। २६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ केजी गाँजासहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको बताए।



