फाइल तस्बिर।
काठमाडौँ- नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा यथावत् राखिएको जानकारी दिएको छ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्यवृद्धि भएर आए पनि भोटेकोसीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तगा उपभोक्ताको हितलाई मध्यनजर गरेर मूल्य यथावत् राखेको निगमले जनाएको हो।
निगमले विज्ञप्ति जारी गर्दै असोज १४ गते इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त हुँदा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टिलेटमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको जनाएको छ।
त्यसैगरी खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आए पनि पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ।

प्रकाशित: १५ असोज २०८३ ६:३६ | Thursday, October 1, 2026
प्रतिक्रिया



