लगातार घट्दै गएको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १४ असोज २०८३ १०:५६ | Wednesday, September 30, 2026
18
SHARES
लगातार घट्दै गएको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- लगातार घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ हिजो पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।

मंगलबार सुनको भाउ २ लाख ९० हजार ५ सय रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रकाशित: १४ असोज २०८३ १०:५६ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast