दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकालीको झोलुंगे पुल भाँचियो

हिमाल प्रेस १४ असोज २०८३ ९:२३ | Wednesday, September 30, 2026
4
SHARES
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकालीको झोलुंगे पुल भाँचियो

काठमाडौँ- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।

दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पुलको दोधारातर्फको करिब ५–६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किएर पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पुल भाँचिएपछि उक्त बाटोबाट आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। पुल मर्मतका लागि पहल भइरहेको पनि प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ असोज २०८३ ९:२३ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast