नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घट्यो

हिमाल प्रेस १२ असोज २०८३ १६:४६ | Monday, September 28, 2026
2
SHARE
नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घटेर दुई हजार ६१३ दशमलव ३३ मा पुगेको छ। यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ अंकले घटेर ४६७ दशमलव ६७ मा पुगेको छ। फ्लोट सूचक एक दशमलव ११ अंकले घटेर १८० दशमलव शून्य सात मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अंकले घटेर १५७ दशमलव ८८ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ उपसमूहमध्ये व्यापार शून्य दशमलव २३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ।

आज ४९ कम्पनीको सेयर बढ्दा २२४ घटेका छन् भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन्। नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर, प्राइम बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताहरुले गुमाएका छन्।

प्रकाशित: १२ असोज २०८३ १६:४६ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast