काठमाडौँ- सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो।
प्रकाशित: १२ असोज २०८३ ११:१८ | Monday, September 28, 2026
प्रतिक्रिया



