पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति देउवा समूहको आपत्ति

हिमाल प्रेस ११ असोज २०८३ १७:३५ | Sunday, September 27, 2026
12
SHARES
पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति देउवा समूहको आपत्ति

काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएको छ।

कांग्रेसको देउवा समूहले मध्यरातमा जबरालाई विनाकारण पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो।

‘पूर्वप्रधानन्यायाधीश चालेन्द्र शम्शेर राणालाई मध्यरातमा विनास्पष्ट कारण हचुवा, अराजक र गैरकानुनी ढंगले गरेको गिरफ्तारी गैरकानुनी छ,’ संयोजक डा.शशांक कोइरालाले विज्ञप्ति निकाले भनेका छन्,‘पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित पदमा रहेको व्यक्तिलाई समेत विना आधार र प्रमाण गरिएको धरपकड कार्यको नेपाली कांग्रेस घोर निन्दा गर्दछ।’

सुरक्षा खतरा रहेको भन्दै प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यलय टेकु ल्याएको थियो।

घरमै सुरक्षा दिने भन्दै प्रहरीले उनलाई अपराह्न परिवारको जिम्मा लगाएको छ।

प्रकाशित: ११ असोज २०८३ १७:३५ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast