पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई परिवारको जिम्मा लगाइयो

हिमाल प्रेस ११ असोज २०८३ १५:०७ | Sunday, September 27, 2026
16
SHARES
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई परिवारको जिम्मा लगाइयो

काठमाडौँ- प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई परिवारको जिम्मा लगाएको छ।

महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएका जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार अपराह्न परिवारको जिम्मा लगाएको हो।

आइतबार बिहान करिब ३ बजे जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनीमाथि सुरक्षा खतरा देखिएको भन्दै अपराध अनुसन्धान कार्यालय ल्याएको प्रहरीले बताएको थियो। घरमै सुरक्षा दिने भन्दै परिवारको जिम्मा लगाएको प्रहरीको भनाइ छ।

‘डिस्कर्डमा पनि उहाँ (चोलेन्द्र) को ज्यान लिनेसम्मको छलफल चल्न थाल्यो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले भनेका थिए,‘उहाँलाई पक्राउ गरिएको होइन, सुरक्षाका लागि टेकु ल्याइएको हो।’

जबरा २०७८ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए। २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

नीविरुद्धको महाअभियोग पारित भएन तर, त्यसपछि उनी सर्वोच्चमा फर्किन पाएनन्।

प्रकाशित: ११ असोज २०८३ १५:०७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast