प्रधानसेनापति सिग्देलद्वारा ८५ नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण

हिमाल प्रेस ११ असोज २०८३ १०:४५ | Sunday, September 27, 2026
8
SHARES
प्रधानसेनापति सिग्देलद्वारा ८५ नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरी इन्टर्नसिप सम्पन्न गरेका ८५ जना नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण गरेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको एमबीबीएस कार्यक्रमअन्तर्गत स्नातक तह उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौं ब्याचका ८५ जना चिकित्सकलाई असोज ८ गते आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले नवदीक्षित चिकित्सकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवामा सधैं मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्र मानव सेवामा समर्पित भएर काम गर्न सुझाव दिएका थिए।

संस्थानका कार्यकारी निर्देशक प्रा.स.र. डा.भैरव कुमार हमालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रजिष्ट्रार, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक र उनीहरूका परिवारजनको समेत उपस्थिति रहेको थियो।

नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यले २०६८ सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म ९४४ जना चिकित्सक दीक्षित भइसकेका छन्।

प्रकाशित: ११ असोज २०८३ १०:४५ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast