११ जिल्ला ‘अति उच्च जोखिम’मा, आकस्मिक बाढीको सम्भावना

हिमाल प्रेस ११ असोज २०८३ १०:३४ | Sunday, September 27, 2026
12
SHARES
११ जिल्ला ‘अति उच्च जोखिम’मा, आकस्मिक बाढीको सम्भावना

काठमाडौँ- अविरल वर्षासँगै विभिन्न जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ । मुस्ताङ, मनाङ, कास्की, लमजुङ, बागलुङ, चितवन, म्याग्दी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासीसहितका जिल्ला भई बहने साना ठुला नदीहरूमा बाढीको अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको भनाइ छ ।

महाशाखाले आइतबार नारायणी जलाधारका देवघाट, बेत्रावती, आरुघाट, भकुण्डेबेसी, मर्स्याङ्दी–विमलनगरसहितका क्षेत्रमा बाढी उल्लेख्य बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्रकाशित: ११ असोज २०८३ १०:३४ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast